राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमै मर्यादित श्रम गर्ने वातावरण बनाएर आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका छन्।
विश्व मजदुर दिवस, २०२४ मा शुभकामना दिँद राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरोन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताएका हुन्।
उनको शुभकामना सन्दैशमा भनिएको छ, ‘मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक छ। उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ।’
Shares

प्रतिक्रिया