आइईसीले घोषणा गरेको अन्तिम नतिजामा वर्तमान राष्ट्रपति असरफ घानीले सबैभन्दा बढी मत प्राप्त गरेको उल्लेख छ।
कूल खसेको मतको ५०.६ प्रतिशत मत घानीले प्राप्त गरेको टोलो समाचार समितिले जनाएको छ। अब्दुल्ला अब्दुल्लाले भने ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन्।
अब्दुल्लाले आफूले जित हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा “समावेशी सरकार” गठन गर्ने बताएका छन्।
निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय “अवैधानिक” रहेको र त्यो स्वीकार्य नरहेको बताए। उनले चुनावी नतीजा प्रजातन्त्रको बिरूद्धको कदम भएको र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताएका छन्।
“यो राष्ट्रद्रोह हो,” अब्दुल्लाहले भनेका छन्।
उनले स्वतन्त्र र स्वच्छ मतदानमा आफूहरु विजयी रहेको दाबी गर्दै भने,‘हामी हाम्रो जीत” घोषणा गर्छौं।’
गत वर्ष सेप्टेम्बरको चुनावमा तालिबानले यस प्रक्रियालाई अवरुद्ध पार्ने धम्कीका बीचमा चुनाव सम्पन्न भएको थियो। तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेका थिए। रासस/एएनआई
प्रतिक्रिया