राजनीति


कांग्रेसको नजरमा सरकारकाे दुई वर्ष: के भनिएको थियो, के भयो? (भिडियो)

कांग्रेसको नजरमा सरकारकाे दुई वर्ष: के भनिएको थियो, के भयो? (भिडियो)

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ८:५७,

नेपाली कांग्रेसले सरकारको दुई वर्ष पुरै खेर गएको बताएको छ। कांग्रेसले सरकार गठन हुँदा तत्कालिन एमाले र माओवादीले गरेका घोषणा कुनै पनि पुरा नभएको भन्दै सरकार असफल भएको जनाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देश मार्फत सरकार गठन हुँदा के भनिएको थियो, के भयो? भन्दै सरकारले घोषणा गरेर गर्न नसकेको कामको फेहरिस्त प्रस्तुत गरेका छन्। सन्देशमा बुँदागत रुपमा तत्कालिन एमाले र माओवादीको घोषणा पत्रमा लेखिएका कतिपय बुँदाहरु उल्लेख गरी विषयबस्तु यसरी राखिएको छः

एमाले र माओवादीको घोषणा पत्र भन्छः राष्ट्रब्यापी नापी गरेर भूमिसम्बन्धी सम्पुर्ण समस्या समाधान गरिनेछ (पृष्ठ १४)– तर थाँती नै रह्यो नापीको कुरो।

आधारभुत खाद्यान्नमा आत्मनिर्भर बनाइनेछ (पृष्ठ १४)– तरउत्पादन बढेन, आयात बढ्यो।

बिजुलीबाट बञ्चित घरपरिवारमा विद्युत पुर्‍याइनेछ (पृष्ठ १६)– तर, यो लक्ष्यले परिणाम हासिल गरेन।

यसप्रकारका १३ बुँदा उल्लेख गर्दै कांग्रेसले सरकारले के के कमजोरी गर्‍याे भन्नेसमेत भिडियोमा उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .