ad ad

राजनीति


भावुक हुँदै रेशमले भने- घरकै मान्छेले नमान्दिएपछि झन् बढी पीडा हुन्छ

भावुक हुँदै रेशमले भने-  घरकै मान्छेले नमान्दिएपछि झन् बढी पीडा हुन्छ

रेशम चौधरी र रञ्जिता श्रेष्ठ


नेपालखबर
चैत १९, २०८० सोमबार २०:१६, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक पार्टीभित्रको विवादले निकै निराश भएका छन्। 

पार्टीको बैठकमा भएको कुटाकुटबारे सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनी भावुक भएका हुन्। 

सबैभन्दा पीडा पार्टी अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठले नै आफ्नो कुरा नमान्दा हुने गरेको गुनासो रेशमले गरे। यस क्रममा उनले आफ्नो जीवनका संघर्षका दिन पनि सम्झिए। 

‘घरकै मान्छेले नमानेपछि झन् बढी पीडा हुन्छ। पार्टीका मान्छेले लोग्नेस्वास्नी मिल्या छौ भन्छन्’, उनले भने, ‘म अनुरोध गर्छु, उहाँबाट स्वीकार हुँदैन। म बेवकुफ बन्छु। के गर्नु, बेवकुफ बनिरहने मेरो भाग्यमा लेखेको छ।’

यस्तो छ रेशमको भनाइ
म सबैसँग क्षमा माग्न चाहन्छु। आफैँले रोपेको बिरुवालाई अर्को मान्छेले आएर काटेको टुलुटुलु हेर्न सकिने अवस्था छैन। सबै पीडा बुझ्नुभएको छ। मजत्तिको पीडित को होला? हे भगवान्! पीडा भन्ने तैँले मेरो भाग्यमा मात्रै लेखिस् है! जिन्दगीभरि संघर्ष गरेँ। काठमाडौँ आउँदा भृकुटीमण्डपमा भारी बोकेँ। पिउनको जागिर खाएँ। रेडियो नेपाल, टेलिभिजन हुँदै संघर्ष गर्दै आफ्नो गाउँ पुगेँ। गाउँबाट जेल पुगेँ। जेलमा साढे ८ वर्ष बसेँ निर्दोष मान्छे। यस्तै तरिका हो भने भन्ने दिन पनि आउला। अब के गर्ने पीडा छ।

घरकै मान्छेले नमानेपछि झन् बढी पीडा हुन्छ। पार्टीका मान्छेले लोग्नेस्वास्नी मिल्या छौ भन्छन्। म अनुरोध गर्छु, उहाँबाट स्वीकार हुँदैन। म बेवकुफ बन्छु। के गर्नु, बेवकुफ बनिरहने मेरो भाग्यमा लेखेको छ। पार्टी मिल्ला भनेर चुपचाप बस्ने हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .