राजनीति


एकीकृत समाजवादीले एउटा प्रदेशको मुख्यमन्त्री पाउने

आलोपालो सहमतिपछि बागमतीमा विश्वासको मत दिन तयार
एकीकृत समाजवादीले एउटा प्रदेशको मुख्यमन्त्री पाउने

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८० सोमबार १४:३३, हेटौंडा

प्रदेश भागवण्डा मिलाउन हिजो (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष तहका नेताहरु छलफलमा बसे।

बैठकमा नेकपा एकीकृत समाजवादीको अडानका कारण कुनै निष्कर्ष निक्लिएन।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक प्रदेशको नेतृत्वको अडान नछोड्दा अनिर्णित बनेको बैठक सोमबार बिहान पनि बस्यो।

बैठकमा एउटा प्रदेशको नेतृत्व पाए विश्वासको मत दिने, नपाए सरकारमै सहभागी नहुने चेतावनी समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले दिँदा प्रदेशका सांसदहरू अलमलमा थिए। 

तर केन्द्रीय नेताहरूले सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन सहमति जुटेको हो। 

समाजवादी बागमती संसदीय नेता कृष्ण प्रसाद खनालले यसको पुष्टि गरेका छन्। बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमतिसमेत भएको उनले बताए।

जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतले बताएको छ। 

अन्य प्रदेशमा भन्दा एकीकृत समाजवादीले बागमती प्रदेशकै नेतृत्व पाउन निकै कसरत गरेको थियो।

बागमतीमा समाजवादीको ७ सिट छ। मधेसमा पनि समान ७ सिट नै छ। जसजाले नेतृत्व छाड्ने सम्भावना क्षीण रहेकाले समाजवादीले बागमतीमै दाबी गरेको थियो। 

तर केन्द्रको निर्णयअनुसार ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ४ सिट रहेको समाजवादीले मुख्यमन्त्री पाउने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .