राजनीति


सांसदहरुको भिडियो प्रोफाईल सार्वजनिक

सांसदहरुको भिडियो प्रोफाईल सार्वजनिक

नेपालखबर
असार १६, २०७६ सोमबार ९:२,

संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको छ।

संघीय संसदका सदस्यहरुको भिडियो प्रोफाईल सोमबार सार्वजनिक भएको हो। ६१औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो।

समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्ण बहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरी डिजिटलाइज्ड बनाउने अभियान अन्र्तगत नै सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको बताए। उनले सांसदहरुलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो गरे। उनले मन्त्रिपरिषद् बैठकमा पेपर लेस गरी ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरी ल्यापटप दिन लागिएको स्पष्ट पारे।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख शिबमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल बनेको भन्दै खुसी व्यक्त गरिन्। उनले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपुर्ण दस्तावेजको रुपमा भिडियो प्रोफाईल रहेको बताइन्।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनताको अस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताए। जनताको जुनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहर्ने तर्क उनले गरे।

संघीय संसद सचिवालयले तयार पारेको सांसदहरुको भिडियो प्रोफाईल संसद दिवसको सन्र्दभ पारेर सार्वजनिकिकरण गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad