समाज


भ्रष्टाचार मुद्दामा सशस्त्रका चार पूर्व आईजीपीले पाए सफाइ

भ्रष्टाचार मुद्दामा सशस्त्रका चार पूर्व आईजीपीले पाए सफाइ

नेपालखबर
असार १६, २०७६ सोमबार ८:५७,

विशेष अदालतले भ्रष्टाचारको मुद्दा लागेका सशस्त्र प्रहरी बलका चार पूर्व महानिरीक्षक (आईजीपी)लाई सफाइ दिएको छ।

सामान ढुवानीका क्रममा सशस्त्रका पूर्वप्रमुखहरु कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतले भ्रष्टाचार गरेको आरोप लगाउँदै दायर गरिएको रिटमाथिको भएको बहसपछि विशेष अदालतले ‘आरोप स्थापित हुन नसक्ने’ भन्दै सफाइ दिएको हो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले आरोप लगाएका सबैलाई सफाइ दिएको हो।

बदनियतका साथ हकम हिनामिना गरेको आरोप लगाइएको र सो आरोप पुष्टि हुन नसक्ने फैसालामा उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलका निलम्बित महानिरीक्षक कोषराज वन्तसहित ११ जनलाई २०७२ माघ १८ गते ६ करोड ७९ लाख बिगो माग दावी गर्दै मुद्दा दायर गरेको थियो।

त्यस्तै अख्तियारले २०७२ माघ २४ गते पूर्व महानिरिक्षक शैलेन्द्र कुमार श्रेष्ठसहित ४ विरुद्ध र फागुन १६ गते पूर्व–महानिरिक्षकहरु बासुदेव ओली र सनत कुमार बस्नेतविरुद्ध पनि मुद्दा चलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad