ad ad

राजनीति


संविधान कार्यान्वयनमा इमान्दार छु भन्ने प्रधानमन्त्रीलाई सांसद भुसालको प्रश्न : मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला खै?

संविधान कार्यान्वयनमा इमान्दार छु भन्ने प्रधानमन्त्रीलाई सांसद भुसालको प्रश्न : मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला खै?

नेपालखबर
फागुन ३, २०७६ शनिबार ७:१६,

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सरकारमा भएको महिलाको प्रतिनिधित्वलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएकी छन्।

कार्यकाल दुई वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले शनिबार संसदलाई विशेष सम्बोधन गरेपछि पुरक प्रश्न सोध्ने क्रममा सांसद भुसालले प्रधानमन्त्रीले सरकारमा महिला सहभागितालाई लिएर प्रश्न उठाएकी हुन्।

‘संघर्ष र बलिदानपछि प्राप्त संविधानको कार्यान्वयनमा इमान्दार छु भन्नुभयो’, उनले भनिन्, ‘मन्त्रीमण्डल गठन गर्दाखेरी नयाँ संविधानको प्रस्तावना र धारा ३८ (४)ले ३३ प्रतिशत महिलाहरुको उपस्थिति देख्न खोजेको थियो, स्वयं प्रधानमन्त्रीको प्रतिवद्धतालाई हेर्न खोजेको थियो।’

उनले २५ मा दुई जनामात्रै महिलामन्त्री रहेको उनले स्पष्ट पारिन्। ‘२५ मा २ जना मात्रै महिलामन्त्रीले के ३३ प्रतिशतको हाम्रो संविधानको भावनालाइृ कदर गरेको छ त?’ उनले भनिन्, ‘५१ प्रतिशत महिलाको प्रश्न छ– किन संविधान कार्यान्वयन भएन्?’ उनले प्रधानमन्त्री ओलीलाई व्यवहारबाट इमान्दारिता देखाउन आग्रह समेत गरिन्।

प्रधानमन्त्री ओलीको कम्युनिस्ट सरकार बनेपछि हाँस्न पाइँदैन, रुन पनि पाइँदैन भन्ने कथनलाई स्वयं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशभरी घुमे जनता सुखी र खुसी छैनन् भनेर पुष्टि गरेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .