ad ad

समाज


दिनदिनै बढ्दै तापक्रम, जुम्लाकै पुग्यो २० डिग्री

दिनदिनै बढ्दै तापक्रम, जुम्लाकै पुग्यो २० डिग्री

नेपालखबर
फागुन ३, २०७६ शनिबार ७:१५,

जाडोयाम अर्थात् हिउँद सकिनै लाग्दा देशभर दिनप्रतिदिन तापक्रम बढ्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मार्चदेखि औपचारिक रूपमा विन्टर अर्थात् जाडो मौसम सकिएर प्रि-मनसुन सुरु हुने भएकाले अहिले हरेक दिन २ डिग्रीसम्म तापक्रम वृद्धि भइरहेको छ।

‘अहिले जुम्लाकै अधिकतम तापक्रम २० डिग्री पुगिसकेको छ,’ मौसमविद् मानन्धरले शनिबार नेपालखबरसँग भनिन्, ‘शुक्रबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २१.८ मापन गरिएको थियो।’

मौसम महाशाखाको रेकर्डअनुसार शुक्रबार जुम्लाकाे अधिकतम तापक्रम २०.३ डिग्री पुगेकाे छ। साे दिन सबैभन्दा बढी तापक्रम डोटीको दिपायलमा २९.१ डिग्री पुगेको छ।

आज उपत्यकाको अधिकतम २२ डिग्रीसम्म पुग्ने अुनमान गरिएको उनले जानकारी दिइन्। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने १० डिग्री पुगेको छ।

‘हरेक दिन औसत २ डिग्रीसम्म तापक्रम वृद्धि भइरहेको देखिन्छ,’ उनले भनिन्, ‘बिहान-बेलुका चिसो भए पनि दिउँसो तातो हुनेछ। अब यो एक हप्तासम्म जारी रहन्छ।’

प्रि-मनसुन सुरु हुने बेला यसरी तापक्रम बढ्ने उनले बताइन्। आज फेब्रुअरी १५ तारिख भएकाले मार्च आउन अब १५ दिन मात्र बाँकी छ। ‘यो अवधिमा छिटोछिटो तापक्रम बढ्छ,’ उनले भनिन्।

प्रि-मनसुन सुरु भएपछि गड्यागुडुङसहित वर्षा तथा हावाहुरी सुरु हुने उनले जानकारी दिइन्।

आज पहाडी भेगमा काठमाडौं उपत्यकासहित मौसम आंशिक बदली भए पनि बाँकी स्थानमा मौसम सफा रहने उनले जानकारी दिइन्। आज कतै वर्षाको सम्भावना छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .