ad ad

राजनीति


पाँच दलको कार्यदलले बुझायो सरकारको साझा न्यूनतम कार्यक्रम

पाँच दलको कार्यदलले बुझायो सरकारको साझा न्यूनतम कार्यक्रम

नेपालखबर
चैत ३, २०८० शनिबार ११:०, काठमाडौँ

सत्ता गठबन्धनको कार्यदलले सरकारको साझा न्यूनतम  कार्यक्रम बनाएर गठबन्धनमा आबद्ध दलका शीर्ष नेतासमक्ष प्रस्तुत गरेको छ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष शनिबार साझा न्यूतनम कार्यक्रम प्रस्तुत गरिएको हो। 

सत्ता साझेदार दलहरुले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल तथा जनता समाजवादी पार्टीबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनीष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए।

कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएको थियो।

यही फागुन २१ गते बनेको पाँच दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न कार्यदल खटिएको थियो।

फागुन २१ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहितको नयाँ गठबन्धन बनेको हो।

केन्द्रमा सत्ता फेरबदल भएसँगै प्रदेशमा पनि त्यसको असर परेको छ। प्रदेशमा कांग्रेसको नेतृत्वमा रहेका सरकारलाई बिदा गर्ने तयारी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .