नेपाली कांग्रेसका राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताएका छन्।
बुधवारको राष्ट्रिय सभा बैठकमा उनले यस्तो बताए। उनले देश सामान्य हिसावले सोचेको जस्तो नरहेको बताए। उनले संसदीय दलका रुस युक्रेन युद्धमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरामा सबै राजनीतिक दलहरु सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्ने बताए।
नेता सिटौलाले सत्ता आफ्नो ठाउँमा छोडेर देशको हीतका लागि काम गर्न आवश्यक रहेको बताए। उनले सधैँ आफूले भनेको नै हुन्छ भन्ने घमण्ड राख्नु नहुने बताए।
उनले भने, ‘अहिले प्रधानमन्त्री विश्वासको मत लिँदै हुनुहुन्छ, हामी अध्यक्षज्यूलाई बधाई दिँदै छौँ। बडो संयोग जुटेको छ। एउटै पार्टीको एउटा नेता विश्वासको मत लिँदै हुनुहुन्छ र अर्को यता बधाई थाप्दै हुनुहुन्छ। एउटा संयोग परेको छ।’
उनले थपे, ‘म के आग्रह गर्न चाहन्छु भने तपाईलाई पनि र प्रधानमन्त्रीज्यूलाई पनि देश तपाईं हामीले सोचे जस्तो सजिलो ठाउँमा छैन। हामीले सोचेको जस्तो सजिलो तरिकाले हाम्रा विचारमा सधैँ लागू हुन्छन् भनेर अहंकार कसैले नगरे हुन्छ। मैले भनेपछि त्यही कुरा लागू हुन्छ भन्नेकुरा नसोचे हुन्छ। समय त्यति सजिलो छैन।’
उनले श्रमीकका समस्या समग्र रुपमा समधान गर्नुपर्ने बताए। उनले देशमा बेरोजगारीको अवस्था विकराल हुँदै गएको बताए।
Shares

प्रतिक्रिया