ad ad

राजनीति


पार्टी कार्यालयमा पदाधिकारीमाथि आक्रमण हुनु आपराधिक घटना : अध्यक्ष लिङ्देन

पार्टी कार्यालयमा पदाधिकारीमाथि आक्रमण हुनु आपराधिक घटना : अध्यक्ष लिङ्देन

नेपालखबर
फागुन २७, २०८० आइतबार १८:३७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठ माथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका छन्।

आइतवार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरुको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताए। उनले पार्टीले दोषिउपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि बताए।

उनले पार्टीले अनुसन्धान गरेर दोषिलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताए। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरुमा छलफल भएको बताए।

त्यस्तै बैठकमा नवीन राप्रपा कार्ययोजनाको सन्दर्भमा पनि छलफलहरु भइराखेको उनले जानकारी दिए।

उनले भने, ‘पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीलाई, कार्यसम्पादन समितिको सदस्यलाई अप्रत्यासित रुपमा जुन आक्रमण भएको छ, सिसिटिभि फुटेज, अन्य सञ्चार माध्यममा आएको भिडियो समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत निर्णय भइसकेको छ। त्यो नितान्त अपराधिक घटना हो। त्यसमा कारबाही हुनुपर्छ भन्ने हाम्रो निर्णय भएको छ।’

उनले पार्टी पदाधिकारीबीचको विवाद र झडप अलग अलग विषय भएको दाबी गरे।

लिङ्देनले भने, ‘झडप अप्रत्यासित रुपमा भयो। किन भयो भन्ने कुराको खोजिनीति पनि भइराखेको छ। त्यो राजनीतिक र पदाधिकारीबीचको विवाद भन्दापनि अलग ढंगले भएको हुनाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौँ। र बैठकले त्यसप्रति खेद व्यक्त गरेको छ।’

शनिवारदेखि जारी राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमवारपनि बस्ने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .