ad ad

राजनीति


आनन्द र कमलाले नमानेपछि युवराज शर्मा उम्मेदवार

आनन्द र कमलाले नमानेपछि युवराज शर्मा उम्मेदवार

नेपालखबर
फागुन २७, २०८० आइतबार १८:४०, काठमाडौँ

नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा आनन्दप्रसाद ढुङ्गानालाई अगाडि सार्ने प्रयास गरेको थियो। तर, उनले मानेनन्।

फेरि कमलादेवी पन्तलाई आग्रह गर्‍यो, उनले पनि मानिनन्।

त्यसपछि सभापति सभापति शेरबहादुर देउवाले उम्मेदवार बन्न फोन गरेरै भन्नुपरेको थियो।

आइतबार देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा युवराज शर्माको नाम प्रस्ताव भयो, उनी भने तयार भए।

राष्ट्रिय सभा अध्यक्षको २९ गते चुनाव हुँदैछ। एमाले–माओवादी–जसपा र एकीकृत समाजवादीको गठबन्धन रहेकोले कांग्रेस उम्मेदवार बन्न तयार नभएको एक केन्द्रीय सदस्यले नेपालखबरलाई बताए।

‘आनन्द र कमलाजीलाई उम्मेदवार बन्न पार्टीले आग्रह गरेको थियो तर, उहाँहरू मान्नुभएन,’ ती सांसदले भने, ‘पार्टी सभापतिले फोन गरेपछि युवराजजी तयार हुनुभयो।’

‘हार्ने चुनावमा जान जो कोही तयार हुने कुरै भएन,’ तर, पूर्वसहमति विपरीत माओवादी गएपछि उसका विरुद्ध हामीले उम्मेदवारी दिएका हौँ।’ ती नेताले थपे।

नयाँ गठबन्धनमा तलमाथि नभए माओवादीले उठाउने उम्मेदवार राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित छ।

उनीहरूसँग ३९ सांसद छन्।

तर, कांग्रेसले एमाले, एकीकृत समाजवादीसँग छलफल गरिरहेको छ।

एमालेसँग नयाँ समीकरण निर्माणमा कांग्रेस लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .