ad ad

राजनीति


नयाँ गठबन्धनमा जुट्यो मन्त्रालय भागबन्डा, आजै शपथ तयारी

नयाँ गठबन्धनमा जुट्यो मन्त्रालय भागबन्डा, आजै शपथ तयारी

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार १३:३८, काठमाडौँ

सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ।

 भागबन्डा मिलेसँगै बुधबार साँझसम्म शपथग्रहणको तयारी अघि बढाइएको छ। स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ आजै साँझ ५ बजे गर्ने तयारी छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दलहरूबीच मन्त्रालयको भागबन्डा मिलेको छ। 

जसअनुसार नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ। त्यसअनुसार आजै मन्त्रीहरू टुंगो लगाएर शपथ तयारी गरिएको बालुवाटारनिकट स्रोतले बताएको छ। 

यसो हुँदा रास्वपालाई गृह र माओवादीलाई अर्थ दिनेगरी समझदारी जुटेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .