ad ad

समाज


बसले ठक्कर दिँदा नायिका महिमा सिलवाल दिदीबहिनीकै मृत्यु

बसले ठक्कर दिँदा नायिका महिमा सिलवाल दिदीबहिनीकै मृत्यु

नेपालखबर
फागुन १, २०७६ बिहिबार ३:३८,

बसले ठक्कर दिँदा नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनीसमेतको मृत्यु भएको छ।

धादिङको गजुरी इलाका प्रहरी कार्यालयका अनुसार बुधबार साँझ पौने ६ बजेतिर धादिङको गजुरी–२, चम्बासमा नायिका सिलवाल र उनकी बहिनी सर्मिला सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा दुवैको मृत्यु भएको हो।

गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने उनकी बहिनी २० वर्षीया सरु भनिने सर्मिलाको उपचारकै क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो।

अहिले उनीहरूको शव तिनै अस्पतालमा छन्।

डीएसपी खड्काका अनुसार सिलवाल दिदीबहिनी बा ९८ प ७०५८ नम्बरको स्कुटरमा काठमाडौंबाट आफ्नो घर भरतपुर महानगरपालिका–१२ शिवनगर जाँदै थिए। यसै क्रममा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले उनीहरू सवार स्कुटरलाई ठक्कर दिएको उनले टेलिफोनमा नेपालखबरलाई जानकारी दिए।

ठक्कर दिने बससहित चालक पाल्पाका रन्जित गौतमलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

नायिका महिमाले ‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन्। त्यसयता उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन्।

उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .