ad ad

राजनीति


बालुवाटारमा प्रधानमन्त्री र महन्थ ठाकुरबीच भेटवार्ता, लोसपा पनि सरकारमा जान ‘सकारात्मक’

बालुवाटारमा प्रधानमन्त्री र महन्थ ठाकुरबीच भेटवार्ता, लोसपा पनि सरकारमा जान ‘सकारात्मक’

फाइल तस्बिर


नेपालखबर
फागुन २२, २०८० मंगलबार ११:७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड भेट्न ठाकुर मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

उनले सरकारमा सहभागी हुन सकारात्मक रहेको बताएका छन्।

‘उहाँले सकारात्मक छु भनेर भन्नुभएको छ, अब फेरि छलफल हुन्छ’, बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो।

प्रधानमन्त्री प्रचण्डले सोमबार मात्र नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै एमाले, रास्वपा र जसपा साथमा लिएर नयाँ गठबन्धन बनाई मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन्। 

सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्।

तर उनीहरूका मन्त्रालय तोक्न बाँकी नै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .