टी-२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले आजको खेलमा पहिलो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।
नेपालले सिरिजको एक खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। अर्को खेलमा भने नेपालले डच टोलीलाई ६ विकेटले हराएको थियो।
घरेलु मैदानमा नेपालले दोस्रो पटक टी-२० आई सिरिजको उपाधिका लागि नेदरल्यान्ड्सँग भिड्न लागेको हो।
यसअघि सन् २०२१ मा घरेलु मैदानमा नै भएको खेलमा नेपालले एसोसियट राष्ट्रको बादशाह नेदरल्यान्ड्सलाई १ सय ४२ रनले हराउँदै च्याम्पियन बनेको थियो।
117
Shares
प्रतिक्रिया