ad ad

राजनीति


माओवादीले राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्ने

माओवादीले राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्ने

नेपालखबर
फागुन १६, २०८० बुधबार १२:१, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्ने बताएका छन्।

बुधबार बसेको स्थायी समिति बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबी स्वाभाविक भएको बताएका हुन्।

‘अध्यक्ष लिन कोसिस जारी छ,’ प्रचण्डको भनाई उधृत गर्दै सचिव दिनानाथ शर्माले नेपालखबरसँग भने, ‘गठबन्धनसँग सरसल्लाह गरेर एउटा वातावरण निर्माणको प्रयत्न भइरहेको छ।’

मंगलबारको बैठकमा स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभा अध्यक्ष पद नछाड्न र उदार नबन्न अध्यक्ष प्रचण्डलाई खबरदारी गरेका थिए।

राष्ट्रिय सभा अध्यक्षमा सत्ता साझेदार नेपाली कांग्रेसले दाबी गरिरहेको छ। कांग्रेसका नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउनेगरी उम्मेदवार बनाइएको नेताहरुले बताइरहेका छन्।

तर, माओवादीले अध्यक्ष छाड्न नहुने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन्। 

राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .