ad ad

राजनीति


स्मार्ट सिटीको जग्गा फुकुवा गर्न सांसद कोइरालाको माग

स्मार्ट सिटीको जग्गा फुकुवा गर्न सांसद कोइरालाको माग

नेपालखबर
फागुन १०, २०८० बिहिबार १७:३२, भक्तपुर

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला पौडेलले स्मार्ट सिटीका नाममा भक्तपुर र काठमाडौंमा रोक्का राखेको जग्गा फुकुवा गर्न माग गरेकी छिन्। 

सांसद कोइरालाले बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै स्मार्ट सिटीको काम पनि अघि नबढ्ने र जग्गा रोक्का राख्दा स्थानीय जनताको जीवनस्तरमा ठूलो असर गरेकोले जग्गा फुकुवा हुनुपर्ने माग गरेकी हुन्।

उनले भक्तपुरको दुवाकोटमा गर्ने भनिएको वीर अस्पतालको विस्तारित सेवा कहिले सुरु हुन्छ भनेर प्रश्न समेत राखिन्। वीर अस्पताल बनाउने भनी जग्गामा तारवार लगाएको वर्षौँ बितिसक्दा पनि अस्पताल निर्माण सुरु नभएको भन्दै अस्पताल बन्छ कि बन्दैन भनी उनले प्रश्न गरेकी थिइन्। 

उनले भक्तपुरको कमलविनायक भत्केपाटी–नगरकोट सडक अझै निर्माण सम्पन्न नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले पटक पटक म्याद थपेर पनि निर्माण व्यवसायीले सो सडक निर्माण पूरा नगर्दा स्थानीय जनता मात्र नभई नगरकोट आउने विश्वका पर्यटक समेत पीडित बनेको धारणा राखिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .