ad ad

राजनीति


न्यायपालिकालाई भरोसाको केन्द्र बनाउन कानुन व्यवसायीको भूमिका सर्वोपरि : प्रधानन्यायाधीश श्रेष्ठ

न्यायपालिकालाई भरोसाको केन्द्र बनाउन कानुन व्यवसायीको भूमिका सर्वोपरि : प्रधानन्यायाधीश श्रेष्ठ

नेपालखबर
फागुन ८, २०८० मंगलबार २१:३२, काठमाडौँ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न कानुन व्यवसायीहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन्।

सर्वोच्च अदालत बार एशोसिएशन नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

प्रधानन्यायाधीश श्रेष्ठले संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै भएको उल्लेख गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि सम्बन्धित पक्षले गम्भिर ढंगले आत्मसमिक्षा गर्न सक्नुपर्ने पनि बताए।

उनले स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानुन व्यवसायीको प्रवद्र्धन हुन नसक्ने र सवल, सक्षम र सुदृढ कानुन व्यवसायीहरुबिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न नसकिने सत्यलाई आत्मासात गरेर अघि बढ्न पनि कानुन व्यवसायीहरुलाई आग्रह गरे।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उँचो बनाएर मात्रै न्यायपालिका र कानुन व्यवसायीहरु पनि विश्वासिलो बन्नसक्ने बताए।
प्रधानन्यायाधीश श्रेष्ठले जनआस्था अनुसार न्यायपालिका चल्नुपर्नेमा आफूहरुले जोड दिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .