ad ad

राजनीति


प्रेस युनियनले बहिष्कार गर्‍यो कांग्रेस महासमिति बैठक

प्रेस युनियनले बहिष्कार गर्‍यो कांग्रेस महासमिति बैठक

नेपालखबर
फागुन ७, २०८० सोमबार १३:३७, काठमाडौँ

नेपाली कांग्रेससँग सम्बद्ध पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनले सोमबारदेखि गोदावरीमा सुरु हुन लागेको महासमिति बैठक बहिष्कार गर्ने निर्णय लिएको छ।

युनियन अध्यक्ष शिव लम्सालले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै महासमितिमा संगठनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनले प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यकोसमेत ख्याल नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएको भन्दै आपत्ति जनाएका छ्न। 

'लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन', उनले भनेका छन्, 'कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरूलाई बल पुगेको छ।'

अध्यक्ष लम्सालले निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति भत्सर्ना गर्दै यथास्थितिमा कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने घोषणा गरेका छन्। 

उनले कांग्रेसको अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको प्रतिवाद गर्न आह्वान पनि आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .