ad ad

समाज


बलम्बु प्रभागका इन्चार्ज परिसर तानिए, गोली चलाएको घटना छानबिन गर्न समिति

बलम्बु प्रभागका इन्चार्ज परिसर तानिए, गोली चलाएको घटना छानबिन गर्न समिति

नेपालखबर
फागुन ७, २०८० सोमबार १३:४१, काठमाडौँ

प्रहरी प्रभाग बलम्बुका इन्चार्ज प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरेन्द्र श्रेष्ठले गोली चलाएको घटना छानबिनका लागि समिति बनेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले डीएसपी गंगाप्रसाद पौडेलको कमाण्डमा छानबिन समिति बनाएका हुन्।

समितिलाई ७ दिनभित्रमा प्रतिवेदन बुझाउन भनिएको छ। प्रहरी निरीक्षक श्रेष्ठले गोलि चलाउँदा उनकै अंग रक्षक र अर्का एक सेवाग्राही घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको पनि एसएसपी खत्रीले बताए। 

गोली चलाउने श्रेष्ठलाई भने काठमाडौँ परिसर तानिएको छ। तत्कालका लागि बलम्बु प्रभागमा थानकोट बृत्तका प्रहरी निरीक्षक सोनु साहलाई जिम्मेवारी दिइएको छ। 

इन्सपेक्टर श्रेष्ठ आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म माइतीघर मण्डलामा ड्युटी गरेर फर्किएका थिए।

कार्यालय फर्किएपछि टाइप ५४ पेस्तोल पुरानाे मोडलको भएको भन्दै त्यसलाई  कार्यालयको हतियार भण्डारण शाखामा बुझाएर अर्को सानो हतियार मागेका थिए। 

कार्यालय प्रमुखले मागेपछि जिन्सी शाखाले अर्को पेस्तोल सीएफ ९८ र त्यसको १५ राउण्ड गोलि बुझाएको थियो।

पेस्तोलको सेफिटक्याचमा आरमा भएको कक गरेर सेफमा लान खोज्दा सेफ नभएको र म्याग्जिन लगाएर कक गर्ने क्रममा फायर भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
 
पेस्तोलको नुजल भुइँतिर फर्काएर चेकजाँच गरिरहँदा पेस्तोलको गोलि मुलढोका अगाडीको भुइँमा रहेको मार्बलमा लागि मार्बलबाट उछिट्टिएर ड्युटि अधिकृत कक्षको टेबलमा लाग्दै श्रेष्ठका अंग रक्षक प्रहरी जवानलाई लागेको थियो।

जवानको बाँया खुट्टाको घुँडामुनि लागेको र उनीसँगै रहेका सेवाग्राहीको खुट्टाको बुढी औँलामा लागेको थियो। 

उनीहरूलाई तत्काल सतुङ्गलस्थित मिड प्वाइन्ट अस्पताल लगिएको थियो। दुवैको अवस्था खतरामुक्त रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .