कारोबार


सिभिल बैंकले निक्षेप २१ प्रतिशतले बढायो, यस्तो छ समग्र वित्तीय अवस्था

सिभिल बैंकले निक्षेप २१ प्रतिशतले बढायो, यस्तो छ समग्र वित्तीय अवस्था

नेपालखबर
माघ २८, २०७६ मंगलबार ६:४५,

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ। उक्त अवधिमा कर्जा प्रवाह १४ प्रतिशतले बढेको बैंकले जनाएको छ।

बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४४ अर्ब कर्जा प्रवाह गरेको थियो। दोस्रो त्रैमासिकसम्म बैंकको ग्राहक संख्या ४ लाख १२ हजार ८१९ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४ प्रतिशतले वृद्धि हो। गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या २ लाख ६७ हजार ३५९ थियो।

यसैगरी बैंकको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि क्रमशः ९ र २१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ५ करोड रहेको खुद सञ्चालन आम्दानी बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ०.८५ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म ३.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर २.६९ प्रतिशतमा झरेको हो ।

समीक्षा अवधिमा बैंकको आधार दर पनि ०.३६ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म ११.३१ प्रतिशत रहेको आधार दर घटाएर समीक्षा अवधिमा १०.९५ पुर्याइएको छ ।

बैंकले समीक्षा अवधिमा रु ३१करोड ६२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष बैंकको जम्मा शाखा संख्या ७३ मात्र रहेकोमा बैंकको दीर्घकालीन रणनीतिक योजना अनुसार चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा ३१ थप शाखा विस्तार भइ जम्मा शाखा संख्या १०२ पुगेको छ। निकट भविष्यमा अझै थप १७ वटा शाखा खुल्दैछन् ।

द्रुत गतिमा शाखा विस्तार भएकोले गर्दा सोही बमोजिम कर्मचारी खर्च लगायत समग्र संचालन खर्च बढ्न गएकोले तत्कालीन रुपमा नाफामा केहि असर पर्न गएको देखिन्छ । तर यो क्षणिक असर मात्र हो । भर्खरै खुलेका ३१ वटा नयाँ शाखाहरु लगायत नयाँ खुल्ने शाखाहरुले विस्तारै व्यवशाय वृद्धि गर्दै लगेपछि नाफा बढ्दै जाने अपेक्षा गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad