ad ad

राजनीति


फागुन १ मा जनयुद्ध दिवसको बिदा छैन : गृह मन्त्रालय

फागुन १ मा जनयुद्ध दिवसको बिदा छैन : गृह मन्त्रालय

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८० सोमबार १२:५५, काठमाडौँ

गृह मन्त्रालयले फागुन १ गते (भोलि मंगलबार) सार्वजनिक बिदा नरहेको जनाएको छ।

सोमबार सूचना जारी गर्दै गृहले सर्वोच्च अदालतको फैसलाअनुसार फागनु १ गते सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको हो। 

‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८० माघ २५ को बैठकको निर्णय अनुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७९ चैत २) मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा भनिएको छ। 

गएको पुस १३ गते सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा बदर गरिदिएको थियो।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने गठबन्धन सरकारको निर्णयलाई बदर गर्ने निर्णय गरेको थियाे। 

सर्वोच्चको निर्णयपछि सरकारले जनयुद्ध दिवसको बिदा कायम नरहेको स्पष्ट पारेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .