ad ad

खेल


शृंखला ‘क्लिन स्विप’का लागि क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

शृंखला ‘क्लिन स्विप’का लागि क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

क्यानडाविरुद्ध नेपाल । तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २९, २०८० सोमबार १३:२, काठमाडौँ

नेपाल भ्रमणमा रहेको क्यानडाले तीन खेलको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीसामु २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। नेपालले आजको खेलमा जित निकाले सिरिज क्लिन स्विप गर्नेछ। 

नेपालले पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकालेको थियो। दोस्रो खेलमा भने ४ विकेटको जित हात पारेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रनको योगफल तयार पारेको हो। 

क्यानडाका नवनित डालिवाल अर्धशतक बनाएर आउट भए। ८२ बलमा ५ चौका हानेका नवनित ५० रनमा ललित राजवंशीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए। 

निखिल दत्ता ४५ रनमा रन आउट भए। ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै पेभेलियन फर्के। 

हर्ष ठाकर २९ रन बनाउँदा कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे। 

श्रेयस मोभ्भा २५ रन बनाउँदा हेमन्त धामीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। 

श्रीमन्था विजयरथे २२ रन बनाउँदा आकाशको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे। 

ओपनर आरोन जोनसन ४ तथा निकोलस किर्तन ३ रनमा पेभेलियन फर्के। डिलोन हेलिगेर ४ रनमा नै क्याच आउट भए।

कप्तान सद विन जफर ३१ र शाहिद अमदजाइ ५ रनमा अविजित रहे। 

नेपालका लागि हेमन्त धामीले ३ विकेट लिए। सिनियर टोलीमा डेब्यु खेल खेलिरहेका हेमन्तले ८ ओभरमा ४९ रन खर्चे। नेपालबाट ओडिआई खेल्ने हेमन्त ४१ औँ खेलाडी हुन्। 

कुशल मल्लले २ विकेट लिए। कुशलले आफ्नो स्पेलमा १ मेडन राख्दै ३८ रन खर्चे। ललित राजवंशी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .