नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टहरूलाई कारबाही गर्ने कुरामा खुट्टा कमाएको बताएका छन्।
आइतबार बसेको संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अब गृहमन्त्रीमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताए।
उनले अहिले त्रिभुवन विमानस्थलमा भइरहेको बदमासी रोक्न अस्थायी र टालटुले मात्रै काम भइरहेको पनि उनले बताए।
उनले गृहमन्त्री श्रेष्ठलाई मन्त्रालय कहाँ भनेरसमेत प्रश्न गरे। ‘गृह मन्त्रालय बागबजारमा छ कि सिहदरबारमा छ? किन हिम्मत हार्नुभएको?’, उनले भने, ‘जो जो पर्छन् लगेर कोच्नुस न। तपाईंमाथि नै प्रश्न उठेको छ। बरु तपाईं नै जानुहुन्छ भने पनि जानुस, मेरो शुभकामना छ।’
थानीले गृहमन्त्री अचेल खुट्ट कमाउन थालेको पनि बताए। ‘नदी तर्ने तर तिघ्रा कमाउने काम नगर्नुस्, गृहमन्त्रीज्यू’ उनले भने।
Shares
प्रतिक्रिया