ad ad

ग्लोबल


पाकिस्तानको चुनावमा धाँधली भएको धार्मिक दलहरूको आरोप, प्रदर्शनको तयारी

पाकिस्तानको चुनावमा धाँधली भएको धार्मिक दलहरूको आरोप, प्रदर्शनको तयारी

नेपालखबर
माघ २८, २०८० आइतबार १३:२२, काठमाडौँ

पाकिस्तानका धार्मिक दलहरूले चुनावमा धाँधली भएको आरोप लगाउँदै विरोध प्रदर्शनको घोषणा गरेका छन्।

जमात-ए-इस्लामीले कराँचीका विभिन्न आठ भागमा प्रदर्शन गर्ने योजना बनाएको छ। जमातले ‘कराचीको जनादेशमा डकैती हुन नदिने’ भनेको छ।

यससँगै जमियत उलेमा-ए-इस्लामले पनि निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै सिन्धका २८ क्षेत्रमा धर्ना दिने र राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेको छ ।

पाकिस्तानको निर्वाचन आयोगले नेसनल एसेम्बलीका २६५ सिटमध्ये २५७ सिटको नतिजा घोषणा गरेको छ तर बलुचिस्तानका सात सिटको नतिजा भने घोषणा गरेको छैन।

अहिलेसम्मको नतिजामा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९३ सिट प्राप्त गरेका छन्। 

यसपछि मुस्लिम लिग–एनले ७४ सिट, पिपुल्स पार्टीले ५४ सिट र एमक्यूएमले १७ सिट जितेका छन्।

यसबाहेक पाकिस्तान मुस्लिम लिग र जमियत उलेमा-ए-इस्लामले तीन/तीन सिट पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .