ad ad

राजनीति


गण्डकीका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

गण्डकीका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८० बिहिबार १७:३, काठमाडौँ

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भइन्।

उनले ३ हजार ६ सय ६० मतभार पाइन्। शर्माले स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाको मत पाइन्।

एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार ल्याइन्। उनले स्थानीय तर्फ ७३ र प्रदेशतर्फ २२ जनाको मत पाइन्।

गण्डकीबाट अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन्।

उनले ३ हजार ७ सय ७४ मतभार पाए। परियारले स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाको मत पाए।

एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार ल्याए। उनले स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाको मत पाए।

गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन्। उनले ३ हजार ८ सय ८ मतभार पाए। श्रेष्ठले स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाको मत पाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .