ad ad

राजनीति


ट्रम्पले सीलाई भनेः अविश्वसनीय रुपमै छिटो अस्पताल निर्माणबाट निकै प्रभावित भएँ

ट्रम्पले सीलाई भनेः अविश्वसनीय रुपमै छिटो अस्पताल निर्माणबाट निकै प्रभावित भएँ

सिन्ह्वा
माघ २४, २०७६ शुक्रबार ११:५४,

चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस नियन्त्रण गर्न चीन सरकार र चिनियाँ जनताले गरिरहेको संघर्षबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार बिहान फोनवार्ता गरेका छन्।
यो महामारीलाई नियन्त्रणमा लिनका लागि चीन सरकार र चिनियाँ जनताले कुनै कसर बाँकी नराखी लागि परेको उनले बताए।

चीनले यसका लागि राष्ट्रिय परिचालन गर्नुका साथै, तत्काल आवश्यक कदम चाल्ने, रोकथाम तथा नियन्त्रणका वृहत तथा सघन उपाय अपनाउँदै यस महामारीविरुद्ध जनयुद्ध नै शुरु गरेको सीले बताए।

हालसम्मका प्रयासबाट सकारात्मक नतिजा प्राप्त भएको बताउँदै, सीले यो महामारीलाई पूर्ण नियन्त्रणमा ल्याउन चीनसँग आत्मविश्वास र क्षमता रहेको बताए। साथै उनले यो समस्याका कारण चीनको दीर्घकालिन आर्थिक वृद्धिमा कुनै असर पर्न नदिने समेत बताए।

आफ्ना जनतामात्र नभई विश्वभरका मानिसहरुको स्वास्थ्य रक्षा गर्न चीन प्रतिबद्ध भएर लागेको पनि उनले सो कुराकानीका क्रममा बताए।

चीनले खुला, पारदर्शी र जिम्मेवार धारणाका साथ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), अमेरिका र अन्य मुलुकहरु लगायतलाई कोरोना भाइरस शुरु भएको मुख्य केन्द्र वुहानमा भ्रमण गरी अध्ययन गर्न आमन्त्रण गरेको बताए।

यो स्वास्थ्य समस्यालाई सामना गर्न चीन र अमेरिका दुई पक्ष आपसी संवाद कायम राख्दै सहकार्य र सहयोग बढाउने उनले बताए।

जवाफमा, ट्रम्पले चीनको प्रयासमा पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै चीनमा आफ्ना विज्ञहरुलाई पठाउनुका साथै अन्य विभिन्न ढंगबाट पनि सहयोग गर्न चाहेको बताए।

चीनले कोरोना भाइरसको उपचारकै लागि विशेष प्रकारको अस्पताल अविश्वसनीय रुपमै छोटो समयमा निर्माण गरेकोबाट आफु निकै नै प्रभावित भएको बताए। त्यसलाई उनले चीनको संगठनात्मक क्षमताको रुपमा व्याख्या गरे।

corona hospitalतस्बिर : सिन्ह्वा

ट्रम्पले सीको नेतृत्वमा चीनले यो महामारीमाथि नियन्त्रण कायम गर्नेमा आफू विश्वस्त रहेको बताए।
‘चीनको आर्थिक वृद्धि हुनेमा अमेरिका विश्वस्त छ,’ ट्रम्पले भने।

यसैबीच, चिनियाँ अधिकारीहरुले बिहीबार हुवेई प्रान्तभन्दा बाहिरका व्यवसायीहरुलाई कोरोना भाइरसविरुद्ध संघर्ष गरिरहँदा आफ्ना गतिबिधिहरु पनि अब विस्तारै र व्यवस्थित हिसाबले सुचारु गर्न आग्रह गरेको छ।

प्रधानमन्त्री ली केछ्याङको नेतृत्वमा बसेको उच्चस्तरीय बैठकले यसो गर्दा रोकथाम तथा नियन्त्रण कार्यलाई अझ सुनिश्चित गर्ने र नियमित आर्थिक तथा सामाजिक व्यवस्थालाई सुचारु गर्न सहयोग गर्ने निष्कर्ष निकालेको छ।

लीकै नेतृत्वमा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकले कोरोना शुरु भएको शहर हुवेईमा यसको नियन्त्रणका लागि सम्पूर्ण प्रयास केन्द्रित गर्ने बताएको छ।
बैठकले हुवेईका अस्पतालमा वेड संख्या र स्वास्थ्यकर्मीहरुको संख्या थप्नका लागि विभिन्न पहलकदमी बढाएर जाने निर्णय पनि गरेको छ।

हुवेई बाहिरका ठाउँहरुमा कार्यथलोहरुमा भिडभाड कम गर्ने र सिफ्ट प्रणालीमा कामहरु सञ्चालन गर्न सुझाव दिइएको छ।

उद्योगहरुमा देखापरेका मेशनरी, कर्मचारी वा पैसाको अभावको समस्यालाई सम्बोधन गर्दै कामलाई सुचारु गर्न र विद्यालयहरुमा नयाँ सेमेष्टरको शुरुवातलाई केहि पछाडि सारेर उपयुक्त समयमा शुरु गर्न भनिएको छ।

रेलवे र हवाई उड्डयन अधिकारीहरुलाई तिनका सेवा प्रवाह गर्दा भिडभाड कम गर्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .