ad ad

राजनीति


दिल्ली विधानसभा निर्वाचन : ४० हजार सुरक्षाकर्मी परिचालन, पाँच सय ४५ मतदान केन्द्र संवेदनशील

दिल्ली विधानसभा निर्वाचन : ४० हजार सुरक्षाकर्मी परिचालन, पाँच सय ४५ मतदान केन्द्र संवेदनशील

नेपालखबर
माघ २४, २०७६ शुक्रबार १२:७,

शनिबार हुन गइरहेको दिल्ली विधानसभा निर्वाचनका लागि प्रहरीले सुरक्षा तयारी पूरा गरिसकेको जनाएको छ।

दिल्ली प्रहरीका अनुसार कूल २ हजार ६८९ मतदान केन्द्रहरूमध्ये प्रहरीले ५४५ मतदान केन्द्रलाई संवेदनशील भएको निष्कर्ष निकाल्दै तयारी अगाडि बढाएको हो।

त्यस्तै प्रहरीले २१ मतगणना स्थलमा बहु–तहको सुरक्षा व्यवस्था गरेको छ। दिल्ली विधानसभा निर्वाचलाई लक्षित गरी अहिले सो क्षेत्रमा ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

जस्तोसुकै खालका आतंककारी घटना रोक्न सक्ने गरी तयारी गरिएको छ। यो क्षेत्रमा पहिलो पटक विद्युतीय मतदान मेसिनबाट मतदान हुन गइरहेको छ र प्रहरीले सो मेसिन पनि मतदान केनद्रमा पु¥याइसकेको छ।

चुनावलाई प्रभावित गर्नेगरी कोही पनि छिर्न नसकुन भनेर सीमामा जाँच पनि कडा गरिएको प्रहरीले जनाएको छ। प्रहरीले मतदातालाई प्रभावित पार्नका लागि आउने मदिरा र अन्य समानमा समेते सीमाबाट भित्र छिर्न दिएको छैन।

चुनावको घोषणा भएपछि प्रहरीले अहिलेसम्म ९६ हजार ७८९ लिटर अवैध मदिरा, ७७४ केजी ड्रग्स र ४९४ थान अवैध हतियारसमेत बरामद गरेको छ। त्यस्तै राख्नका लागि अनुमति पाएका ७ हजार ३९७ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

शाहिन बाग क्षेत्रलाई विशेष सवेदनशील क्षेत्रका रुपमा राख्दै प्रहरीले विशेष सुरक्षाको व्यवस्था गरेको छ। प्रहरीले कसैले गलत क्रियाकलाप गरे, कुनै प्रकारको धम्की दिए वा गलत म्यासेज पठाए प्रहरीमा उजुरी दिन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .