ad ad

समाज


दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु

दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ११:५४,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ।

घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए।

घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ। ‘गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ’, प्रहरी सहायक निरीक्षक पन्तले भने, ‘आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ।’

उनले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। प्रहरीका अनुसार बालिका स्थानीय सूर्योदय पब्लिक बोर्डिङ स्कूलमा कक्षा–५ मा अध्ययनरत थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .