ad ad

राजनीति


मेयर–उपमेयरको राजीनामा माग्दै जनकपुरमा चक्काजाम

मेयर–उपमेयरको राजीनामा माग्दै जनकपुरमा चक्काजाम

शैलेन्द्र महतो
माघ २४, २०७६ शुक्रबार ८:१०,

जनकपुरधाम उपमहानगरपालिका विरुद्ध जनकपुरमा युवाहरुले चक्काजाम गरेका छन्। जनकपुरको रामानन्दचोकमा युवाहरुले बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्काजाम गरेका हुन्।

विभिन्न नारा लेखिएको प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएका युवाहरु रामानन्दचोकको प्रवेशद्वारमा एक घण्टा चक्काजाम गरेका हुन्।

गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको कुटपिट प्रकरणमा दोषीहरुलाई संरक्षण दिन मेयर लालकिशोर साह र उपमेयर रीता झाले नाटक गरेर कर्मचारीलाई पेन डाउन गराएको र जनतालाई दुःख दिएको भन्दै युवाहरु विरोधमा उत्रेका हुन्।

पत्रकार कुटपिट प्रकरणमा नगरपालिका कार्यालय बाहिरका ४ जना युवाहरुमाथि नेपाल पत्रकार महासंघ धनुषा शाखाले जाहेरी दिएको थियो।

जाहेरीको आधारमा युवा व्यापारी धर्मेन्द्र साहलाई प्रहरीले पक्राउ गरी कारबाही चलाएको विरोधमा उपमहानगरपालिकाका कर्मचारी युनियनले बिहीबार पेन डाउन गरेको थियो।

कर्मचारीले पेन डाउन गर्दा नागरिकहरुले सास्ती पाएको विरोधमा युवाहरु सडकमा उत्रेका हुन्। युवाहरुले मेयर-उपमेयर  निकम्ममा भएको भन्दै राजीनामा समेत माग गरेका छन्।

मासका संयोजक सरोज मिश्र, युवा अगुवा सुशील कर्ण लगायतका युवाहरु एकघण्टा नाराबाजीसहित चक्काजाम गरेका थिए। जानकी मन्दिर फूलबारी प्रकरणका दोषी, मेयर पत्रकार कुटपिट प्रकरणका दोषी र पेन डाउन गारउने कर्मचारी युनियनका दोषीमाथि कारबाही नगरे आइतबारदेखि अझै कडा संघर्ष गर्ने मासका संयोजक मिश्रले चेतावनी दिए।

जानकी मन्दिरको फूलबारी अतिक्रमण प्रकरणबाट उम्किन मेयरले रिपोर्टिंग गर्न गएका पत्रकारमाथि कुटपिट गरी घटना मोड्न खोजेको युवा अगुवा सुशील कर्णले आरोप लगाए। निजी घर बचाउन रकमको चलखेल गरी जानकी मन्दिरको फूलबारी अतिक्रमण गराएको र आफ्नो भ्रष्टाचार लुकाउन मेयर– उपमेयरले नाटक गरिरहेको युवा कर्णको आरोप छ।

उनले मेयर–उपमेयरलाई समेत छानबिन गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .