ad ad

समाज


नेपालद्वारा चीनलाई १ लाख थान ‘प्रोटेक्टिभ मास्क’ हस्तान्तरण

नेपालद्वारा चीनलाई १ लाख थान ‘प्रोटेक्टिभ मास्क’ हस्तान्तरण

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ८:१३,

नेपालले चीन सरकारलाई १ लाख थान प्रोटेक्टिभ मास्क हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको महामारीसँग जुघिरहेको चीनलाई नेपालले एक लाख थान मास्क उपलब्ध गराएको हो । कोरोना भाइरसले कारण चीनमा ६ सय ३८ जनाको मृत्यु भैसकेको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहान दिएको जानकारीअनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ। चीनबाहेक हङकङ र फिलिपिन्समा एकरएक जनाको मृत्यु भएको छ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा मृत्यु भएकामध्ये ६ सय १८ जना हुबेई प्रान्तका मात्रै छन्। बिहीबार मात्रै ७३ जनाको र हुबेई प्रान्तमा मात्रै ६९ जनाको मृत्यु भएको आयोगले जनाएको छ।

बिहीबार थप ३ हजार १ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ। बुधबार ७३ जनाको मृत्यु र थप ३ हजार ६ सय ९४ जनामा संक्रमण देखिएको छ। त्यस्तै १ हजार ५ सयभन्दा बढी जना उपचारपछि निको भएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्।

शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वका २८ देशमा कोरोना भाइरस फैलिएको र ३१ हजारभन्दा बढी यसबाट संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना संक्रमित कहाँ कति?
चीन–            ६३६ मृत्यु/३१,१६१ संक्रमित
हङकङ–       १ मृत्यु/२४ संक्रमित
फिलिपिन्स–   १ मृत्यु, ३ संक्रमित

संक्रमित
जापान–        ८६
सिंगापुर–      ३०
थाइल्यान्ड– २५
दक्षिण कोरिया– २४
ताइवान–     १६
अस्ट्रेलिया– १५
मलेसिया–  १४
जर्मनी–       १३
भियतनाम– १२
अमेरिका–   १२
मकाओ– १०
क्यानडा– ७
फ्रान्स– ६
यूएई– ५
फिलिपिन्स– ३
इटाली– ३
भारत– ३
बेलायत– ३
रुस– २
श्रीलंका– १
कम्बोडिया– १
फिनल्यान्ड– १
नेपाल– १
स्विडेन– १
स्पेन– १
बेल्जियम– १

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .