ad ad

राजनीति


प्रचण्डको सचिवालय : सूर्य किरणको ठाउँमा हरि

प्रचण्डको सचिवालय : सूर्य किरणको ठाउँमा हरि

नेपालखबर
माघ २, २०८० मंगलबार १५:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा प्रेस संयोजकको जिम्मेवारी हरि लामिछानेलाई दिइएको छ। सो जिम्मेवारीमा रहेका नारायणप्रसाद ढुंगाना (सूर्य किरण)लाई हटाएर लामिछानेलाई लगिएको स्रोतले जनाएको छ।

लामिछाने राससमा कार्यरत छन्। उनलाई मंगलबारदेखि नै लागू हुनेगरी कार्यादेश दिइएको स्रोतले जनाएको छ। राससबाट उनले काज लिइसकेका छन्। यद्यपि, माघ १ गतेदेखि लागू हुनेगरी जिम्मेवारी तोक्ने तयारी छ।

सरकारको नेतृत्व गरेको एकवर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६८ कर्मचारी कटौती गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले सचिवालयका झण्डै २० जनालाई हटाएका छन्। हटाइनेमा ढुंगाना पनि परेका हुन्।

ढुंगाना अमेरिका भ्रमणमा छन्।

सचिवालयमा राखिएका प्रशासन सल्लाहकार, जनसम्पर्क सल्लाकार फेरि राख्ने/नराख्ने यकिन छैन तर प्रेस संयोजक भने राखिएको छ।

हाल प्रधानमन्त्रीको सचिवालयमा मनहरी तिमिल्सिना प्रेस विज्ञ छन्। प्रधानमन्त्रीको सम्बोधन, शुभकामना सन्देश उनैले तयार पार्छन्।

यस्तै, गोबिन्द आचार्य प्रेस सल्लाहकार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .