ad ad

कला


नेपाली चलचित्रमा विदेशी लगानी ल्याउने पहल भइरहेको छ : भुवन केसी

नेपाली चलचित्रमा विदेशी लगानी ल्याउने पहल भइरहेको छ : भुवन केसी

फाइल फोटो


नेपालखबर
माघ २, २०८० मंगलबार १६:१६, काठमाडौँ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताएका छन्।

मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनसके अझ धेरै रकममा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरुले प्रतिष्पर्धा गर्नसक्ने बताए।

उनले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भएपनि आफूहरुले अहिले पहल गरिरहेको बताए। चलचत्रि निर्माणका लागि आवश्यक सामग्रीहरु ल्याउने वातावरण नरहेको उनको गुनासो रहेको छ।

उनले भने, ‘नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने हामीले अझ धेरै रकममा इन्टरनेसनल लेभलमा हाम्रो देशका फिल्महरुले प्रतिष्पर्धा गर्न सक्छन्। विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन। त्यसको लागि पहल गरिरहेका छौँ। शतप्रतिशत लगानी गर्न नपाएपनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल गरिरहेका छौँ।’

उनले थपे, ‘चलचत्रि निर्माणका लागि आवश्यक इक्विपमेन्ट हामी ल्याउन सक्दैनौँ। त्यो वातावरण छैन। एउटा स्टुडियो छैन हामीसँग। अब चाँडै नै काभ्रेमा स्टुडियो बन्ने सम्भावना छ। सबैभन्दा ठूलो कुरा चलचित्रको नीति हो। हामीसँग मैले अभिनय थाल्नु भन्दा अघिको ऐनमा चलिरहेका छाैँ।’

अध्यक्ष केसीले चलचित्रका लागि सबैभन्दा ठूलो कुरा चलचित्र ऐन भएपनि पुरानो चलचित्र ऐनअनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .