ad ad

राजनीति


गच्छदार मुद्दा प्रकरण : कांग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

गच्छदार मुद्दा प्रकरण : कांग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ७:७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार पनि संसद बैठक अवरुद्ध गर्ने भएको छ।

बालुवाटारको सरकारी जग्गा खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा संसदीय दलका उपनेता विजय गच्छदारलाई मुद्दा दायर गरेको विरोधमा  कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरूद्ध गर्ने भएको हो। प्रतिनिधिसभाको बैठक अहिले केही बेरमा बस्दैछ । कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो।

शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको कांग्रेस सचेतक पुष्पा भुसालले नेपालखबरलाई जानकारी दिइन्। उनले भनिन, ‘आज संसदमा हामी बोलेर संसद अवरुद्ध गछौं।’

बालुवाटारमा रहेको ललिता निवास जग्गा व्यक्तिका नाममा बनाएर खरिदवबक्री गर्नेमध्ये १ सय ७५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको मुद्दामा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो छोराका नाममा किनेको जग्गा भने फिर्ता दिने सर्तमा मुद्दा नचलाएको भन्दै कांग्रेस असन्तुष्ट छ। सत्ताको प्रयोगमा अख्तियार परेको कांग्रेसले आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .