ad ad

समाज


कपिलवस्तुका १२ प्रतिशत नागरिकमा हात्तीपाइले रोग

कपिलवस्तुका १२ प्रतिशत नागरिकमा हात्तीपाइले रोग

प्रकाश न्यौपाने
माघ २४, २०७६ शुक्रबार ६:५१,

हात्तीपाइले रोग निवारणका लागि १२औं पटक अभियान सञ्चालनको तयारी गरिरहँदा प्रदेश ५ को तराईको जिल्ला कपिलवस्तुमा भने यसको अवस्था भयावह भएको पाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले ०७६ कात्तिकमा गरेको प्री–रिटास सर्भेअनुसार यहाँ साढे १२ प्रतिशत नागरिकमा हात्तीपाइले रोग लागेको पाइएको छ। यो सर्भेलाई आधार मान्ने हो भने कपिलवस्तु जिल्ला हात्तीपाइले रोगमा मुलुककै उच्च जोखिमको जिल्लामध्ये पर्छ ।

‘राोग नियन्त्रणका लागि हामीले विभिन्न प्रयास गरेका छौं । स्थानीय तहहरुसँग समन्वय गरिरहेका छौं । नियन्त्रणमा आउनसकेको छैन । अझै जिल्ला उच्च जोखिममा छ’, वरिष्ठ जनस्वाथ्य प्रशासक योगेन्द्र भगवतले भने। खासगरी जिल्लाका भित्री गाउँवस्तीहरुमा हात्तीपाइले रोगका विरोमी धेरै छन् ।

सहरबजारकाले तुरुन्तै उपचार गर्ने गाउँघरमा तत्काल अस्पताल जाने बानी नहुनु र आर्थिक समस्या पनि उत्तिकै हुनेहुँदा रोगीको संख्या बढी भएको हो।

हात्तीपाइले रोग निवारणका लागि जिल्लामा बर्सेनि एक करोडको हाराहारीमा बजेट खर्च हुँदै आएको छ । तर, जिल्ला अझै हात्तीपाइलेको जोखिममै हुनुले अभियान त्ति प्रभावकारी नभएको प्रष्ट हुन्छ । खासगरी यहाँ रोगबारे खुलेर उपचारमा नआउने समस्या भएकाले पनि कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको भगवतले जनाए ।

हात्तीपाइलेका जीवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्तांग सुन्निने हात्तीको जस्ता पाइला हुन्छन् ।

चिकित्सकहरुका अनुसार अधिक लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण फैलन खतरा अधिक हुन्छ । कपिलवस्तुमा लामखुट्टे पनि धेरै लाग्छ । लामखुट्टेले नै हात्तीपाइले रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्न भूमिका खेल्ने गर्छ । रोगसँग नडराई निरन्तर औषधि सेवन गरे बच्न सकिन्छ । ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने विषयमा व्यापक प्रचार गर्नु आवश्यक छ’, भगवतले भने ।

स्वास्थ्य कार्यालयले यसवर्ष जिल्लामा शतप्रतिशत नागरिकलाई नै औषधि खुवाउने तयारी गरेको छ । यही २५ गतेदेखि जिल्लामा हात्तीपाइले विरुद्ध औषधि खुवाउने अभियान संचालन गरिँदै छ । स्वास्थ्य कार्यालयले यसका लागि प्रत्येक स्थानीय सरकार, स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुसँग समन्वय गरिसकेको जनाउँदै अभियानलाई व्यापक बनाइने जनाएको छ ।

कार्यालयले दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढी उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकालाई औषधि सेवन नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .