राजनीति


पूर्वपरराष्ट्रमन्त्री र राजदूतसँग मन्त्री साउदले गरे छलफल

पूर्वपरराष्ट्रमन्त्री र राजदूतसँग मन्त्री साउदले गरे छलफल

नेपालखबर
पुस १७, २०८० मंगलबार १६:५, काठमाडौँ

परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार पूर्व परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुसँग छलफल गरेका छन्। 

भारतीय विदेश मन्त्री एस. जयशंकरको नेपाल भ्रमणको तयारीबारे उनले छलफल गरेका हुन्। 

छलफलका क्रममा पूर्व परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव आएको छ।

उनीहरूले भारतसँग नेपालको सम्बन्ध महत्वपूर्ण रहेकोमा बताउँदै सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रुपमा अगाडि बढाउँदै लैजानु पर्ने सुझाव दिए।

बढ्दो व्यापार घाटाबारे भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनु पर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजना समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुट लगायत विषय सम्बोधन गर्नुपर्ने आदि विषयमा पनि सुझाव आएको छ।

मन्त्रालयमा सम्पन्न छलफलमा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्व परराष्ट्र सचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्व राजदूत दुर्गेशमान सिंह लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad