समाज


प्रधानमन्त्री आउने भएपछि गाउँपालिकाभर सार्वजनिक बिदा

प्रधानमन्त्री आउने भएपछि गाउँपालिकाभर सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८० मंगलबार १६:१६, रामेछाप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि रामेछापको एउटा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

यही बिहीबार प्रधानमन्त्री प्रचण्ड आउने भएपछि रामेछापस्थित सुनापाति गाउँपालिकाले सबै सरकारी र सार्वजनिक कार्यालय तथा विद्यालयमा बिदा दिएको हो। 

गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन हुने भएकोले सार्वजनिक बिदाको घोषणा गरिएको प्रशुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले बताए। 

बिहीबार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ-संस्था, शिक्षण संस्था, गाउँपालिका क्षेत्रभित्रका बैंक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको सुवेदीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad