राजनीति


सरकारको एक वर्षको कामले जनतामा उत्साह जगायो : अग्नि सापकोटा

सरकारको एक वर्षको कामले जनतामा उत्साह जगायो : अग्नि सापकोटा

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८० मंगलबार १३:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पुष्पकमल दाहाल प्रचणड नेतृत्वको गठबन्धन सरकारको एक वर्षे कार्यकालबाट जनतामा उत्साह जगाएको बताएका छन्।

गत भदौ १६ गतेदेखि सुरु भएको तीन महिने अभियानबारे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘प्रधानमन्त्रीले मलाई योभन्दा धेरै गर्न चाहन्छु भन्नु भएको छ। अझै गर्न सक्छु भन्ने उहाँको कुरा छ’, उनले भने, ‘सरकारको एक वर्षको कामले जनताको स्तरसम्म उत्साह बढाएको छ। एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले जे भन्नु भएको छ, समीक्षा गर्नु भएको छ। अब नयाँ ढंगले अघि बढ्ने बताउँदा सर्वाधिक जोड दिएको कुरा आर्थिक विकास र गरिबी अन्त्य हो।’

सापकोटाले आर्थिक विकास र गरिबी अन्त्य नभएसम्म जनताले परिवर्तनको अनुभूति गर्न नसक्ने बताए। ‘यो नभएसम्म जनतालाई अनुभूति हुँदैन। अहिलेको समीक्षा ठिक छ। यसैगरी नीति पनि बाहिर ल्याएको छ’, उनले अगाडि भने, ‘आर्थिक क्षेत्रमा नयाँ ढंगले जाने भनेर व्यापक समीक्षा भएको छ। आर्थिक विकास नै सबैभन्दा मुख्य कुरा भएको छ। आर्थिक विकासले किन गति लिएको छैन भन्ने कुरालाई मनन गरिएको छ।’

सापकोटाले प्रधानमन्त्री प्रचण्ड आर्थिक विकासको मोडेल नै फेर्ने पक्षमा रहेको बताए। ‘आर्थिक विकासको मोडेल नै बदल्नुपर्छ भन्ने भएको छ। निरन्तरतामा क्रमभंग गर्नुपर्छ। रोजगारी सिर्जना गरी गरिबी हट्नुपर्छ’, उनले भने, ‘एउटा पनि रोजगारी नभएको परिवारलाई रोजागरी दिनुपर्यो। यसतर्फ गए मात्रै समाजवादको लक्ष्यलाई गति दिन सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad