ad ad

राजनीति


ईश्वर पोखरेलको प्रश्न : कोशी प्रदेशको नामकरण एमालेले गराएको हो र?

ईश्वर पोखरेलको प्रश्न : कोशी प्रदेशको नामकरण एमालेले गराएको हो र?

नेपालखबर
पुस २, २०८० सोमबार १८:३०, काठमाडौँ

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन्।

विधि र प्रक्रियासम्मत ढंगले आफैँले प्रदेशको नाम कोशी राख्ने र पछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको जिकिर थियो।

आइतवार झापाको बिर्तामोडमा स्थानीय सञ्चारकर्मीमाझ उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनैपनि खालको गतिविधिविरुद्ध एमाले लाग्ने चेतावनी समेत दिए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले कोशी प्रदेशको नामाकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो र? भनि प्रश्न गरे। उनले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालको भएको आरोप समेत लगाए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘एउटा प्रक्रियाबाट दिउँसै खुलेआम प्रक्रियाबाट सहभागी भएर मोर दयान नाइन्टी पर्सेन्टले भोट हालेर टुंग्याएको विषयप्रति फेरि यस्तो र त्यस्तो भन्न मिल्छ? यदि त्यस्तो हो भने पनि यसको आफ्नै विधि र प्रक्रिया छ नि। के मारकाटमा उत्रेर त्यो समस्याको समाधान हुन्छ? म के भन्न चाहन्छु भने–मारकाटमा उत्रेर कुनै पनि खालको समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव हुँदैन । नेकपा एमाले त्यसको विरुद्धमा रहन्छ।’

उनले थपे, ‘यो स्वभाविक कुरा हो। तर त्यो भन्दा फरक ढंगले के एमालेले आफ्नो कमिटीको निर्णय गराएको हो त्यो? कि प्रदेशसभाको तर्फबाट निर्णय भएको हो। प्रदेशसभामा त सबै थिए । बरु त्यस्ता साथीहरुले त कहाँ सोध्नुपर्छ भने हिजो ती सचेत थिए कि थिएनन्?’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको दाबी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .