ad ad

राजनीति


विप्लवलाई पक्राउ पुर्जीबारे माधव नेपालले भने : तीन बुँदे सहमति कार्यान्वयन गरौँ

विप्लवलाई पक्राउ पुर्जीबारे माधव नेपालले भने : तीन बुँदे सहमति कार्यान्वयन गरौँ

फाइल तस्बिर


नेपालखबर
पुस २, २०८० सोमबार १४:६, काठमाडौँ

गत मंसिर १८ गते काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध जारी गरेको प्रकाउ पुर्जीबारे गम्भीर ध्यानाकर्षण भएको समाजवादी मोर्चा नेपालका संयोजक माधवकुमार नेपाले बताएका छन्। 

पुर्जी जारी भएको दुई सातापछि सोमबार वक्तव्य निकाल्दै मोर्चाका संयोजक नेपालले महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताविरुद्ध अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। 

‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौँ’, उनले भनेका छन्। 

जिल्ला अदालत गत मंसिर १८ गते चारजना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि राजनीतिक तरंग आएको छ। 

सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूलाई अदालतले ३५ दिनभित्र उपस्थित हुन भनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .