ad ad

राजनीति


हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन आवश्यक : राष्ट्रपति

हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन आवश्यक : राष्ट्रपति

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १४:२५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति नियम बनाउनुपर्ने बताएका छन्।

बिहीवार काठमाडौंमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले हस्तकला क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको बताए।

राष्ट्रपति पौडेलले हस्तकला क्षेत्रको सरकारबाट नै प्रमुख प्रवद्र्धन गर्नुपर्ने बताए। सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सिर्जना गर्न गर्न र उत्पादित वस्तुहरुको देश भित्र बजार बिस्तार गर्न आवश्यक रहेको उनको भनाई थियो।

राष्ट्रपति पौडेलले नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक रहेको बताए।

उनले भने,‘प्रतिलिपि अधिकार सुनिश्चित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी झन्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको यो क्षेत्र अर्थ व्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वभर फैल्याउने योगदान पुर्याउँछ। हाल करिव ८५ देशमा हस्तकला उद्योग व्यवसायबाट उत्पादित वस्तुहरुको निकासी भएको छ भने कतिपय देशमा निकासी गर्न बाँकी छ।’

उनले थपे, ‘यो क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट नै यसको प्रवद्र्धन गर्नको लागि हस्तकला उद्योग व्यवसायमैत्री नीति नियम आवश्यक ऐन कानून बनाउन अथवा उद्योगबाट उत्पादित वस्तुहरुको बजार बिस्तार देश भित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सिर्जना गर्न आवश्यक छ।’

राष्ट्रपति पौडेलले हस्तकला व्यवसाय कृषिपछि देशमा बिस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र भएको बताए। उनले युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन नसकेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .