राजनीति


ओलीसहितको संकल्प यात्रा टोलीलाई रोक्न खोज्ने युवक लेगुवाबाट पक्राउ

ओलीसहितको संकल्प यात्रा टोलीलाई रोक्न खोज्ने युवक लेगुवाबाट पक्राउ

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १४:६, काठमाडौँ

नेकपा एमालेले चलाएको झुलाघाट-चिवाभञ्जाङ यात्राका क्रममा रहेको  टोलीलाई रोक्न खोज्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

भोजपुरबाट अरुण नदी तरेर धनकुटा पुगेको टोलीलाई रोक्न खोज्ने युवकलाई प्रहरीले लेगुवा बजारबाट पक्राउ गरेको हो। धनकुटा प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका-५ का महेश राई पक्राउ परेका हुन्। 

उनले एमाले नेताहरूलाई आक्रमण कोसिससहित यात्रामा अवरोध गर्न खोजेका प्रहरीले जनाएको छ। 

एमालेको टोली अहिले धनकुटाको पाख्रीबासमा कृषि वैज्ञानिकसँगको अनतरक्रियामा छ। अब एमालेको टोली त्यहाँबाट तेह्रथुमको वसन्तपुर पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad