ad ad

राजनीति


संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन पहल गरिरहेको छु : दाहाल

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन पहल गरिरहेको छु : दाहाल

नेपालखबर
मंसिर २४, २०८० आइतबार १३:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन लगातार पहल गरिरहेको बताएका छन्।

७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी संक्रमणकाललाई निष्कर्षमा पुर्‍याउन आफूले आम राष्ट्रिय सहमति बनाउनका लागि पहल गरिरहेको बताएका हुन्।

संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन ढिलो भइरहेको स्वीकार गर्दै उनले विद्यमान कानुनमा सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानव अधिकार आयोगका सुझाव तथा सिफारिस र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम परिमार्जन गरी न्यायको अनुभूति हुनेगरी सो कार्यलाई छिट्टै निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री दाहालले मुलुकमा मानवअधिकार संस्कृतिको विकास गर्न सरकार सदैव लागि परेको बताएका छन्। उनले राष्ट्रिय मानव अधिकार आयोग ऐन सम्बन्धी विधेयक संसद्का आगामी अधिवेशनमा पेस गर्ने समेत बताए।

राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसलाई सरकारले आफ्नो एजेन्डा बनाउने कुरामा कमी गरेको भन्ने आवाज उठेको, आयोगको ऐन बनाउनेसँग सम्बन्धित कुरालाई तीव्रता दिइयोस् भन्ने कुरा उठेको भन्दै दाहालले भनेका छन्, ‘यहाँ आयोगको तर्फबाट ५० प्रतिशतभन्दा बढी गरिन्छ भनियोस् भन्नुभो म शतप्रतिशतको निम्ति नै कोसिस गर्ने विश्वास दिलाउँछु।’

जलवायु परिवर्तनका कारण मानवअधिकारका सबै आयाम जोखिममा परेकाले त्यसविरुद्ध जुध्ने र अनुकूलनका लागि वातावरण सृजना गरी मानवअधिकारको रक्षा गर्न सरकार संवेदनशील ढंगले लागि परेको पनि प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्री दाहालले संघीय संरचनाअनुसार राष्ट्रिय मानव अधिकार आयोगको संरचना तयार पार्न पनि सरकार लागि परेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .