ad ad

खेल


अफगानिस्तानविरुद्ध दीपेशले दिलाए नेपाललाई महत्त्वपूर्ण सफलता

अफगानिस्तानविरुद्ध दीपेशले दिलाए नेपाललाई महत्त्वपूर्ण सफलता

नेपालखबर
मंसिर २४, २०८० आइतबार १३:३९, काठमाडौँ

दीपेश कँडेलले एसीसी यू–१९ एसिया कपमा अफगानिस्ताविरुद्ध नेपाललाई चौथो सफलता दिलाएका छन्। 

दीपेशले रहिमुल्लाह जुरमतीलाई ३५ रनमा क्याच आउट गराउँदै अफगानिस्तानको साझेदारी तोडेका थिए। ६५ बलमा २ चौका हानेका रहिमुल्लाह दीपेशको बलमा सुवास भण्डारीको हातबाट क्याच आउट भए।

चौथो विकेटका लागि जम्सिद जडान र रहिमुल्लाह जसरमतीले १ सय २९ बलमा ८१ रनको साझेदारी गरे।

क्रिजमा जम्सिद जड्रान ४७ र र नुमल शाह अघा शून्य रनमा नटआउट छन्।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले २८औं ओभरको सामाप्तिमा ४ विकेटको क्षतिमा १ सय १४ रन बनाएर खेलिरहेको छ। 

हेमन्त धामीले सातौँ ओभरको दोस्रो बलमा ओपनर खालिद तनिवाललाई १० रनमा पवेलियनको बाटो देखाए। ११ बलमा १० रन बनाएका खालिद हेमन्तको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए।

हेमन्तले सोही ओभरको तेस्रो बलमा अक्रम मोहम्मजाइलाई बोल्ड आउट गरे। अक्रम गोल्डेन डगआउट भए। 

त्यसअघि अलराउन्डर गुल्सन झाले दोस्रो ओभरको पाँचौँ बलमा ओपनर वाफिउल्लाह ताराखिललाई १५ रनमा कप्तान देव खनालको हातबाट क्याच आउट गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .