ad ad

राजनीति


नेकपा सांसदलाई बालुवाटारमा रात्रिभोज, अनिवार्य उपस्थित हुन ह्विप

नेकपा सांसदलाई बालुवाटारमा रात्रिभोज, अनिवार्य उपस्थित हुन ह्विप

नेपालखबर
माघ १९, २०७६ आइतबार ९:३१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदहरुका लागि प्रधानमनत्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरेको छ।

आइतबार साँझ ६ बजेका लागि बोलाइएको रात्रिभोजमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई नेकपाले प्रमुख सचेतकमार्फत ह्विप जारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोज दिने सूचना आएको भए पनि किन र के का लागि भन्ने नखुलेको नेकपाका एक सांसदले बताए। नेकपाले रात्रिभोजमा सहभागी हुन प्रतिनिधि र राष्ट्रियसभाका सबै सांसदहरूलाई मोबाइलमा म्यासेज पठाएको छ।

सांसदहरुलाई मोबाइलमा पठाइएको म्यासेजमा ‘२०७६–१०–१९ गते साँझ ६ बजे पीएमनिवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप। सीपीएन।’ लेखिएको छ।

 

पार्टीभित्र अमेरिकासँग भएकको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता विवादमा परिरहेका बेला प्रधानमन्त्री ओलीले सांसदहरुलाई रात्रिभोजमा बोलाउनुलाई रहस्यका रुपमा हेरिएको छ।

एमसीसीबारे एक मत बनाउनका लागि रात्रिभोज बोलाइएको हुनसक्ने एक सांसदले नेपालखबरलाई बताए।

नेकपाले एमसीसीबारे अध्ययन गर्न सचिवलाय सदस्य झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .