ad ad

रोचक


वास्तवमा कुन मास्क भाइरस प्रतिरोधी?

वास्तवमा कुन मास्क भाइरस प्रतिरोधी?

नेपालखबर
माघ १९, २०७६ आइतबार ९:२९,

चीनमा मात्र यस भाइरसको संक्रमणले ३ सयभन्दा बढीको ज्यान लिइसकेको छ। त्यहाँ १४ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ।

कोरोना भाइरसको औषधी हालसम्म बन्न सकेको छैन। यसबीचमा विश्व स्वास्थ्य संगठनले भाइरसबाट बच्न विभिन्न उपायहरु दिइसकेको छ।

त्यसमध्ये एक उपाय हो– मास्क लगाउनु। मानिसहरुले हाल मेडिकल मास्कको पनि विश्वास गरिरहेका छैनन्।

चीनका मानिसहरुले कोरोनाबाट जोगिन भन्दै आफैं मास्को निर्माण गरिरहेका छन्। त्यस्ता मास्कहर सामाजिक संजालमा निकै भाइरल बनिरहेका छन्।

केहीले प्लास्टिकको मास्क बनाएका छन्, भोगटेको बोक्राको मास्क बनाएका छन्, केहीले पानीको जारले टाउको छोप्ने गरी मास्क बनाएका छन्।

Image result for plastic masks china

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसपछि स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरिसकेको छ।

चिकित्सकहरुले सामाजिक सन्जालमा पोस्ट भएका मास्कहरुले भाइरस छेक्न नसक्ने चेतावनी दिएको छ।

चिकित्सकहरुले मेडिकलमा पाइने क्लोज–फिटिङ मास्क नै लगाउन आग्रह गरेका छन्। यो मास्क एकपटक प्रयोग गरेपछि फ्याँक्नुपर्छ जुन मेडिकलमा सुलभ मूल्यमा सहजै पाइन्छ।

भाइरस प्रतिरोधी बनेका हुनाले मेडिकल मास्क नै प्रयोग गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ। मास्क लगाउन पुरा नाक र मुख छोप्ने हिसाबले लगाउनु पर्ने पनि बताइएको छ। एजेन्सी

Image result for corona virus mask

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .