ad ad

राजनीति


रास्वपाको उपसभापति बने डा. स्वर्णिम वाग्ले, पाए तेस्रो वरीयता

रास्वपाको उपसभापति बने डा. स्वर्णिम वाग्ले, पाए तेस्रो वरीयता

नेपालखबर
मंसिर १३, २०८० बुधबार १८:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई उपसभापति बनाएको हो। 

पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

उनलाई आजै पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

उनी सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालपछिको वरीयतामा रहने भएका छन्। 

आजै गठन गरिएको केन्द्रीय सचिवालयमा उनलाई तेस्रो वरीयतामा राखिएको छ।

वाग्ले यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए। गत संघीय निर्वाचनमा टिकट नपाएपछि विद्रोह गरेर उपनिर्वाचनमा रास्वपा प्रवेश गरेका हुन्। रास्वपाबाटै उनले गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य जितेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .