ad ad

राजनीति


व्यवस्थालाई संस्थागत गर्न राजनीतिक दलहरू सचेत हुनुपर्छ : नेता सिंह

व्यवस्थालाई संस्थागत गर्न राजनीतिक दलहरू सचेत हुनुपर्छ : नेता सिंह

नेपालखबर
मंसिर ६, २०८० बुधबार १७:१७, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको व्यवस्थालाई संस्थागत गर्न सबै राजनीतिक दलहरु सचेत हुन आवश्यक रहेको बताएका छन्।

बुधबार शंखधर साख्वा दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता सिंहले यस्तो बताएका हुन्। उनले सबै मिलेर अधिकार प्राप्तिको लागि आन्दोलनबाट ल्याएको व्यवस्थालाई सुरक्षित गर्न सबै एक ठाउँमा आउनुपर्ने पनि बताए। 

‘नेपालको विशेषता भनेको अधिकार प्राप्तिको लागि सबै मिलेर आन्दोलनमा जान्छौँ। ठूला–ठूला आन्दोलनहरु हामीहरूले गरिसकेका छौँ। आन्दोलनले प्राप्त गरेका अधिकारहरु जुन छन्। प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै अधिकारहरुलाई संस्थागत गरेर सम्पन्नतामा अगाडि बढाउने काममा राजनीतिक दलहरु सचेत हुनुपर्छ,’ नेता सिंहले भने, ‘२०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको कुरालाई बिर्सनु हुँदैन। २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै राजनीतिक पार्टीहरुको कार्यगत एकताको आधारमा आन्दोलन गरी गुमेको अधिकार प्राप्त गरेको सम्झना छ।’

नेता सिंहले २०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको विषयलाई सबै राजनीतिक दलहरुले बिर्सन नहुने बताए। 

२०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै राजनीतिक पार्टीहरुको कार्यगत एकताको आधारमा आन्दोलन गरी गुमेको अधिकार प्राप्त गरेको सम्झना सबैलाई रहेको उल्लेख उनले गरे।

कसैले कुनै ठाउँबाट कुनै आवाज निकाल्यो भन्दैमा डराउन नहुने उनको भनाइ थियो।

‘२०६३को जनआन्दोलनपछि दुई वटा संविधान सभाको निर्वाचन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रत्मक समावेशी संविधान जुन छ। संविधानलाई सुरक्षित राख्दै संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्नलाई आवश्यक संघीय कानूनहरु निर्माण गरेर अधिकार दिलाउने काममा सरकार अघि बढ्नुपर्छ। कसैले कुनै ठाउँबाट कुनै आवाज निकाल्यो भन्दैमा व्यवस्था परिर्वतन भयो भन्दैमा परिस्थितिमा कति भिन्नता आएको छ भन्नेकुरा २०४६ सालदेखि आन्दोलन गर्नेहरुलाई अनुभव रहेको छ,’ उनले भने।

उनले २०६३ को जनआन्दोलनपछि दुई वटा संविधान सभाको निर्वाचन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रत्मक समावेशी संविधानलाई सुरक्षित राख्दै संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्न सरकारले आवश्यक संघीय कानूनहरु निर्माण गरेर अधिकार दिलाउने काम गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .